काठमाण्डौ ११ माघ । इन्टेग्रीटी आइकन नेपाल २०२० को छनौटमा परेका पाँच जना राष्ट्र सेवक कर्मचारीहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नेपालगञ्ज स्वास्थ्यचौकी बाँकेकी जनस्वास्थ्य निरीक्षक आरती थारु, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवलका महाशाखा प्रमुख दिपक ज्ञवाली, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आले मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामकी अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यमीक विद्यालय, धादिङका शिक्षक डाक्टर नविनबन्धु पहाडी रहनु भएको छ ।

१ हजार ५०० भन्दा बढी मनोनयन मध्ये पाँच जना उत्कृष्ट कर्मचारीलाई छुट्टाछुट्टै टाईटलबाट सम्मानित गरिएको हो । जस अन्तरगत,
आरती थारु   : Integrity With Courage 
दिपक ज्ञवाली   : Integrity With Action
हेम बहादुर आले मगर  : Integrity With Innovation
मञ्जु महत   : Integrity With Empathy
डाक्टर नविनबन्धु पहाडी  : Integrity With Compassion   टाईटलबाट सम्मानित हुनु भएको छ ।

https://patipauwa.com/news/726